२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप र पोसाक



अ+ अ-

-रविन्द्र् समिर

काठमाडौं । खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो । यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुन्छ र कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।

त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसँग खोप लगाएको देखियो । खोप लगाउन जाँदा भित्र हाल्फ टि-सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि-सर्टको बाहुला माथि सारेर सजिलोसँग खोप लगाउन सकिन्छ ।

रविन्द्र् समिरद्वारा कोरोना भाइरस विरुद्धको खोप लाउन जादाँ कस्तो पोशाक लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे टिप्स :

  • खोप लगाउन जाँदा नुहाउने, खाना खाने र झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ ।
  • खोप लगाउन जाँदा मानसिकरुपमा कन्भिन्स र तयार भएर जानुपर्छ  । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।
  • खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुन्छ  ।
  • खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ  ।