२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) मधेश सरकारमा जाने भएको छ । सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि मधेश प्रदेशमा नेपाली कांग्रेस सरकारबाट हटेको छैन । कांग्रेसबाट तीन जना मन्त्री छन् ।

उनीहरूलाई हटाएर एमालेका तीन जनालाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ । अहिले कांग्रेसको भागमा रहेका मन्त्रालयलाई नै एमालेलाई दिन लागिएको जनाइएको छ ।

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्यभार ग्रहण नगरेका कारण सरकार विस्तारमा ढिलाइ भएको हो । प्रदेश प्रमुख भण्डारीले सोमबार कार्यभार ग्रहण गरेसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादीका ९ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन् । मधेश सरकारमा गठबन्धनमा आवद्ध दलको बहुमत छ ।