२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन कांग्रेस नेता आचार्यको जोड

रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन कांग्रेस नेता आचार्यको जोड
अ अ+ अ-

रसुवा। नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन माग गर्नु भएको छ।
 
 २८५७ औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड-१ रसुवाको आयोजनामा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले रसुवागढी नाका लामो समय देखि पूर्ण संञ्चालनमा आउन नसक्दा  नेपाल र चीन वीचको व्यापारिक कारोवार प्रभावित हुनुका साथै रसुवालि दाजुभाइ को गरिखाने बाटो बन्द भएको बताउनु भयो। 
 
 ऋण गरेर ४०० भन्दा बढि कन्टेनर खरिद गरेका रसुवालिहरु आज किस्ता तिर्न नसकेर गाडिनै बुझाउने अवस्थामा पुगेको भन्दै उहाँले ४०० भन्दा बढि रसुवालि ड्राइभर र यस संग जोडिएका कैयो को रोजगारि खोसिएको बताउनु भयो।
 
नाका खोल्न को लागि संम्बन्धित निकायहरुमा पटक पटक अनुरोध गर्दा पनि केहि नलागेको ले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उहाँले पत्रकार लगायत सबैलाई आग्रह गर्नु भयो।
 
१ वर्ष देखि नाका पूर्ण संञ्चालनमा आउन नस्कदा पारि रहेका गाडि र १००० भन्दा बढि कन्टेनर सामग्री के कस्तो अवस्थामा छ थाहा नभएको भन्दै नेता आचार्यले कतिपय खाध्य सामग्रीहरुको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको बताउनु भयो।
 
 कार्यक्रममा बाग्मति प्रदेस सभा सदस्य  प्रेम तामाङले नाका संञ्चालनमा आउन नस्कदा  व्यापारिहरु ठुलो मर्कामा परेको ,ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारिले त आत्महत्या नै गरेको खबर ले दुखि बनाएको बताउनु भयो।

चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको भन्दै उहाँले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाउनु भयो। यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उहाको आरोप थियो।

सो अबसरमा कार्यक्रमका अन्य बक्ताहरु उत्तरगया गाउ पालिका प्रमुख उपेन्द्र लम्शाल ,नौकुण्ड गाउ पालिका प्रमुख नुर्पु साङ्बो घले र   आमाछोदिङ्मो गाउ पालिका प्रमुख बुचुङ तामाङले नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन सरोकारवाला पक्षको घ्यानाकर्णषण गराउनु भयो।
 
 गत बर्ष माघ १५ देखि नाका बन्द छ। सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो । 

जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको थियो ।

त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो । नियमित रुपमा नाका संचालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो ।