११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा गंगा कार्की विश्वको “दुसाध्य जनयुद्ध” पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताउनुभएको हो । उहाँले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।

माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोरेको आफ्नो ठम्याईरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताउनुभयो । पेरु, श्रींलका लगायतका देशहरुको जस्तो युद्ध नहोस् भनि क्षेत्रिय, राष्ट्रिय, अन्र्तराष्ट्रिय र पार्टी भित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उहाँले गर्नुभयो । जनयुद्ध शान्तिमा रुपान्तरण हुदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र मा आईपुगेको भन्दै उहाँले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आव्हान गर्नुभयो ।