१ मंसिर २०८१, शनिबार
,
Latest
प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’ भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन: रिट निवेदन दायर गरेका वकिलहरुको जवाफी बहस सुरु



अ+ अ-

काठमाडौं । आजबाट संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुको जवाफी बहस सुरु हुने भएको छ । उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् र त्यसपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १३ वटा रिट निवेदन दायर भएका थिए । ती सबै रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् ।

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।