५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण
अ+ अ-

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ । जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ । सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ । 

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताउनुभयो । “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन । फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ ।” यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो ।

गाउँपालिकाले रु २२ लाखमा खरिद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ । गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक रु चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम रु ५० देखि रु एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शूल्क तोकिएको छ ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो । संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ । दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ । लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन । फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो । सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताउनुभयो । 

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ” उहाँले भन्नुभयो, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ ।” मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ ।