५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

काँग्रेस आन्दोलनमा कि चुनाव प्रचारमा ?

काँग्रेस आन्दोलनमा कि चुनाव प्रचारमा ?
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस आज देशव्यापी आन्दोलनमा उत्रिएको छ । सो दलले देशका सबै जिल्ला नगरमा सभा र विरोध प्रर्दशनहरु गर्दैछ । खासमा यो दुई किसीमले आन्दोलनको स्वरुप अघि सारिएको छ । 

पहिलो हो प्रधानमन्त्री केपी केपी ओलीले गरेको संसद विघटनको विरोध अनि दोस्रो चुनावको तयारी । यी दुई आन्दोलनका स्वरुप काँग्रेसले बीचमा बसेर तय गरेको छ । 

आन्दोलनका यी दुई स्वस्पले पार्टीभित्र प्रतिनिधि सभाको विघटनपछि देखिएका दुवै धारको प्रतिनिधित्व गर्दैछ । काँग्रेसमा रामचन्द्र पौडेलेका धार अहिलेको सरकारको कदमको व्यापक विरोध गरेर देशव्यापी आन्दोलन गर्ने र संसदको पुनस्र्थापनाको माग गर्ने । 

उनी प्रधानमन्त्रीको यो कदमको व्यापक विरोध गर्नुपर्छ भन्नेमा छन् । पौडेलले त  यहाँसम्मको योजना बनाएका थिए कि नेकपासँग अलग्गिएको प्रचण्ड र माधव नेपालसँगै मिलेर संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्नुपर्छ भन्नेमै थिए । जुन कुरा पार्टीका लाथि घतक हुन्थ्यो । 

काँग्रेस कम्युनिष्टसँग मिल्दा बदनामी बाहेक अरु केही हात नलाग्ने कुरा त हिजोका दिनमा देखिएकै छ । अहिले काँग्रेसजस्तो मुलुकको पुरानो प्रजातान्त्रिक पार्टीले निर्वाचनमा मतपत्र समेत च्यात्न लगाएको आरोप पार्टी सभापतिले खेपिरहेका छन् । 

अर्काे कुरा त्यही स्थानीय चुनावमा प्रचण्डसँग मिलेको काँग्रेसलाई प्रचण्डले यसरी धोका दिए कि पछि गएर काँग्रेस एक्ल्याृउन ओलीसँग मिले । निर्वाचनमा मिलेनन् मात्र त्यहाँ बडो नाटकीय रुपमा पार्टी नै एमालेसँग मिलाएको घोषणा समेत गरे । जसको परिणाम अहिले उनी नै भोगिरहेका छन् । 

यसरी कम्युनष्टिसँग मिल्दाको परिणामलाई अब काँग्रेसले विचार गर्नुपर्छ भन्नेमा सभापति शेरबहादुर देउवा छन् । काँग्रेसले मतपत्र च्यात्नेजस्तो अप्रजातान्त्रिक कदमको समर्थन गर्यो भनेर सभापति देउवालाई पार्टी भित्रै दोषारोपण गर्ने पौडेलहरुले अहिले उनी प्रचण्डहरुसँग मिलेर संसद पुनस्र्थापनाको आन्दोलन गर्नुपर्छ भनेको कुरामा देउवाको समर्थन भने छैन । 

केही दिनअघि सभापति देउवाले भनेका थिए– संसदमा बहस भइरहेको मुद्दामा हामीले सडकबाट जुलुश निकालेर केही हुदैन । नाराबाजीले नै संसदको पुनस्र्थापना गर्ने भए अदालत किन चाहियो ? 
उनको यही अभिव्यक्तिकैबीच आज काँग्रेस देशव्यापी आन्दोलनमा उत्रिएको छ । सभापति देउवाले नै वर्तमान सरकारको सर्वसत्तावादका विरुद्ध आन्दोलनमा उत्रिन सबैलाई अपिल पनि गरेका छन् । काँग्रेसले चुनावी तयारीका लागि आन्दोलनलाई उपयोग गर्न सक्छ । निर्वाचनको निहुँमा जनताबीच जाने काँग्रेसका लागि यो उचित अवसर हुनसक्छ । 

उता नेकपाका दुई खेमाकाबीचमा आन्दोलन गर्ने, सभा गर्ने र बढीभन्दा बढी मानिस उतार्ने अनि एकले अर्काे पक्षलाई सत्तोसराप गर्ने खेल जारी नै छ । यसबाट सो दलको पनि थप केही उपलब्धि त भएको छैन, तर आफ्ना कार्यकर्ता आफ्नो कित्तामा राखिराख्ने अधिकतम प्रयास भने भएको छ । 

यस्तो माहोलमा काँग्रेस पनि चुप लागेर बस्नु हुदैन । आफ्ना कार्यकर्ता एवं नेपाली जनतामाझ आफ्ना कार्यक्रम लिएर जानु पनि पर्छ । त्यसैले पनि काँग्रेसको आजको आन्दोलन यही पक्षमा सार्थक हुनसक्छ ।