११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गर्ने मान्छे जतिसुकै पहुँचवाला भएपनि कारबाही गरेरै छाड्छु : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही गरेरै छोड्ने बताएका छन् । सोमबार सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला वा कथित पहुँचवाला भएपनि कारबाही गरेरै छाडिने बताएका हुन् । 

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो वानी छैन,’ उनले भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला तिनीहरूको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्ने/नगर्ने फैसला लिइन्नँ । ’

सरकार तीन वर्षमा भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सफल भएको प्रधानमन्त्रीले दाबी समेत गरेका हुन् ।