१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

जनतालागि काम गर्न नदिँदा प्रतिनिधीसभा विघटन गरे : प्रधानमन्त्री ओली

जनतालागि काम गर्न नदिँदा प्रतिनिधीसभा विघटन गरे : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नै पार्टी भित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिएपछि प्रतिनिधीसभा विघटन गरेको बताएका छन् । सोमबार सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै उनले जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको पुगेको बताएका हुन् । 

सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टी भित्रबाट असहयोग हुदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था श्रृजना भयो । झण्डै ३ बर्ष देखि संबैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसदमा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदुत नियुक्ति गर्न दिइएन, संबैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन् ,विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संसोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो,सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफु हरदम सचेत रहेको, अनेकौ लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफु सफल हुन नसकेको उहाँले बताउनुभयो । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुख पुर्ण स्थितिमा सरकार रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्नु पुर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उहाँले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले बैकल्पिक सरकारको कतै संभावना नदेखेपछि आफुले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । वेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफुले त्यस किसिमको निर्णय गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
देश अस्थिरता र अस्थायीत्व तर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने संभावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उहाँले स्पष्ट पार्नुभयो । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो । आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट  अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले आफ्नो निर्णयका बारेमा विभिन्न टिकाटिप्पणी हुनेगरेको, जनादेशको अवहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाईएको प्रति आफुलाई खेद लागेको बताउनुभयो । उहाँले भन्नुभयो “के मुलुकलाई अस्वस्थ्य राजनीतिको गोलचक्करमा फसिरहन दिने ? ”