१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सिराहा पुगेर डा.महतले भने- तीन वर्षे कम्युनिष्ट कुशासनका विरुद्ध देश जुर्मुराएको छ

सिराहा पुगेर डा.महतले भने- तीन वर्षे कम्युनिष्ट कुशासनका विरुद्ध देश जुर्मुराएको छ
अ अ+ अ-

सिराहा । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशहरण महतले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारको तीन वर्षे कुशासनका विरुद्धमा आज देश जुर्मुराएको बताएका छन् ।  
उनले ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सत्तासँग कुनै पनि लोकतान्त्रिक आचरण नभएको र यो सरकार तानाशाही हो भनेर कांग्रेसले उहिले नजै घोषणा गरेको स्मरण गर्दै त्यसको परिणाम अहिले देखिएको पनि स्पष्ट गरे । 

सरकारको संसद विघटन विरुद्धमा आज नेपाली कांग्रेसको देशव्यापी आम सभाका क्रममा सिराहामा आयोजित सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै डा.महतले भने– कम्युनिष्टहरुले आकास पाताल झारेर, हुँदा नहुँदा गफ लगाएर र नेपाली जनतामा भ्रम छरेर सत्तामा पुगेको भन्दै सरकारको चर्काे आलोचना गरे ।

उनले भने– सोझा सिधा जनतालाई सबैथोक गरिदिन्छौँ भनेर भ्रममा पारेर बहुमत ल्याएको कम्युनिष्ट सरकारले जनताको सो अभिमतलाई देश लुट्ने लाइसेन्सका रुपमा दुरुपयोग गरेको पनि बताए । उनले नेपालको इतिहासमै यो सरकार सबैभन्दा भ्रष्टाचारी र अलोकतान्त्रिक रहेको कुरा सबै नेपाली जनताले स्पष्ट बुझिसकेको पनि स्पष्ट गरे । 

विरोध सभालाई सम्बोधन गर्दै महतले भने– हामीले त यो कम्युनिष्ट सरकार बनेदेखि नै यो तानाशाही सरकार हो भनेका थियौँ, तर जनताले पत्याएनन्, काँग्रेसले सरकारलाई काम गर्न नदिन यस्तो आलोचना गरेको भने तर आज स्पष्टै देखियो । 

कम्युनिष्ट सरकार अधिनायकवादी र तानाशाही हुन्छ भन्ने कांग्रेसको शुरुकै अनुभव हो उनले भने । त्यसैले हामीले शुरुमै विरोध गर्दा जनताले यो सरकारले केही गर्थ्यो कि कांग्रेसले विरोध गर्यो भन्ने गरेका थिए, जुन कुरा भ्रम मात्र थियो भन्ने कुरा आज आएर जानाजानी गराएको यो दुर्घटनाबाट प्रमाणित भएको बताए । 

आफूलाई झुक्याएको कम्युनिष्ट सरकार अब भने नेपाली जनताले छर्लंग देखेको उनले बताए । आफू सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले अब देशमा कम्युनिष्ट सर्वसत्तावादका धेरै कुरा नेपाली जनताका बीचमा खोलेको उनले बताए । 

सरकारका अनियमितता र भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिर आइरहे पनि कसैलाई कारबाही नभएको कुरा तीन वर्षको यो कुशासनमा जनताले टुलुटुलु हरेर मात्र बस्न बाध्य भएको बताए । दुई वर्षमा काठमाडौँमा रेल ल्याउने भन्ने देखि लिएर प्रधानमन्त्री ओलीले जनतालाई झुक्याएर हावा कुरा देशभरि छरेको उनले बताए ।

ओली कुनै हालतमा सत्ता छोड्ने मानसिकतामा नरहेको तर प्रचण्ड र माधवलाई सत्ता चाहिएको कारणले आज देश यसरी राजनीतिक दुर्घटनामा परेको उनले बताए । उनले भने– हामीलाई आशंका छ ओलीले चुनाव गर्न सक्दैनन् । तर सर्वोच्चको निर्णयसम्म मात्र हामीले पर्खिएको हो त्यसपछि हामी जनतामाझ जान्छौँ ।

कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको र सर्वोच्च अदालतको फैसला आएपछि भने चुनावलाई अवसरका रुपमा लिएर कांग्रेस जनतामाझ जाने बताए । हाल संसदमा थोरै सिट रहेको प्रतिपक्षी दललाई निर्वाचन एक अवसर पनि हो भनेर सबै त्यसका लागि तयार रहन उनले सबै कार्यकर्तालाई आग्रह पनि गरे । 

नेपाली कांग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कांग्रेसले सर्वोच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको उनले बताए । 

यो सरकार इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारी रहेको उनको आरोप थियो । डा महतले भने– अहिले लाख, करोडको कुरा हुदैन देशमा भ्रष्टाचार अरबमा भइरहेको छ । देशलाई लकडाउन गर्ने, संसद बन्द गरिदिने अनि निस्फिक्री भ्रष्टाचार गर्ने काम यही सरकारले गरेको हो भन्दै त्यसको फेहरिस्त पनि प्रस्तुत गरे । 

कांग्रेसका सहमहामन्त्री डा.महतले काँग्रेस अहिले संसद विघटन गरेर मात्र होइन कि गत मंसिर २९ गतेदेखि नै काँग्रेसले आन्दोलन थालि सकेको बताए । यो सरकारले आफ्नो सत्ता स्वार्थमा संसदीय व्यवस्था सिद्धाउने खेलमा लागेको कुरा काँग्रेसलाई पहिले नै थाहा थियो त्यसैले काँग्रेसले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेको हो– उनको भनाई थियो ।

यो सरकारबाट देशको हित नहुने भन्दै काँग्रेसले आन्दोलनको घोषणा गर्दा सरकारलाई काम गर्न नदिएको भनियो तर अहिले देखियो कि पार्टीका आन्तरिक झगडामा देशको लोकतान्त्रिक व्यवस्थाको कसले हुर्मत लियो– उनले भने । 

काँग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमका विरुद्धमा आन्दोलनमा होमिएको भन्दै यस आन्दोलनलाई सदुपयोग गर्ने र सर्वोच्च अदालतको फैसला पछि हामी निर्वाचनमा जानुपर्छ भनेर लाग्नुपर्छ उनले भने । यदि सर्वाेच्चले संसद पुनर्थापना गर्यो भने पनि कम्युनिष्ट कुशासन फेरि एक डेढ वर्ष व्यहोर्नुपर्ने भन्दै तर निर्वाचनका लागि काँग्रेस ढिलो चाँडो तयार हुनुपर्ने उनले बताए ।