१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले रातारात गर्यो १६ सचिवको सरुवा र पदस्थापन



अ+ अ-

काठमाडौंः निर्वाचन आचारसंहिता लाग्ने सम्भावना बढ्दै गएपछि सरकारले १६ जना सचिवको एकमुष्ठ सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत सचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरकारले सचिव तोयम रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, सुरेश अधिकारीलाई निर्वाचन आयोगमा, वेगेन्द्रराज शर्मा पौड्याललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सूर्य गौतमलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा सरुवा गरेको छ ।

यसैगरी देबेन्द्र कार्कीलाई राष्ट्रिय सतर्कता केन्द्र, अर्जुन पोखरेललाई उद्योग, दिनेश भट्टराईलाई वाणिज्य र महेन्द्र गुरागाईलाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।  

त्यस्तै, वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, देवकुमारी गुरागाईलाई उपराष्ट्रपति कार्यालय, केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय, टेक नारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, मणिराम गेलाललाई राष्ट्रिय पुर्निर्माण प्राधिकरण, सुरेश आचार्यलाई नेपाल ट्रष्ट, रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुमन अर्याललाई प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन गरिएएको छ  ।