२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा
अ अ+ अ-

मोरङ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डी।बी। सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका ४ का ३५ वर्षीय धनबहादुर विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पा थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालिकोटका नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०, जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।