५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो: थापा

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो: थापा
अ+ अ-

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताउनुभयो । मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उहाँले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताउनुभयो । सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । 

यसैगरी  चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक सङ्घ चितवन शाखाका निवर्तमान अध्यक्ष डा प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा सुदीपराज केसी र  भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ  डा ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य  फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने  क्षेत्रकी नायिका  आंँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान  गरिएको थियो  । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फुटबल सङ्घका महासचिव लक्ष्मण कार्की, एएफसी फुटबल सङ्घका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो ।

यस्तै युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित हुनुभएको छ ।  देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टङ्कनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई नेता थापासहित  वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले  सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोल्नुभएको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित  नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो ।