१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली पुलमा ग्यास बोकेको ट्रकमा आगलागी



अ+ अ-

काठमाडौँ । कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ ।

ट्रकमा लागेको आगो पुलमा पनि सल्किएपछि आगोले भयानक रुप लिएको छ । पुलका लठ्ठामा समेत आगो सल्केको छ । सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ । आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको प्रहरीले जनाएको छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन । अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् ।