१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

पत्रकारत्रय सिंह, गौतम र थापालाई सामुदायिक पत्रकारिता पुरस्कार

पत्रकारत्रय सिंह, गौतम र थापालाई सामुदायिक पत्रकारिता पुरस्कार
अ अ+ अ-

काठमाडौं ।  नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।

इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येवाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् ।

वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ 'साइपालको अध्यारो संसार' र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ 'फर्कियो साइपालमा खुसी' का लागि सो पुरस्कार प्रदान गरिएको हो ।

रेडियोवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चारमाध्यममा आवद्द रहेर १५ बर्ष देखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन । 'डुलुवा पत्रकार' को परिचय बनाएका सिंहले वझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।

रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित 'गर्भमा नै मारिन्छन् छोरी' शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् । तराइमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकहरुको संख्यामा वढोत्तरी हुंदै जांदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान वन्दै गएको छ र यसले कस्ता दुरगामी असरहरु निम्त्याउंदै छ भन्ने देखाइएको छ ।

रुपन्देहीलाई कार्यक्षेत्र वनाएकी नीरा स्थानीय एफएम रेडियोवाट पत्रकारिता प्रारम्भ गरेर स्थानीय टेलिभिजनहरुमा समेत अनुभव प्राप्त गरेपछि हाल राष्ट्रिय समाचार समितिमा कार्यरत रहेकी छिन् । वुद्धिजममा स्नातकोत्तर तहमा अध्ययनरत नीरा नेपाल पत्रकार महासंघ, सञ्चारिका समुह लगायत थुप्रै स्थानीय संघ संस्थामा समेत आवद्ध छिन् ।

दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित 'लकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएको' रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो । लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्ला वाहिर गएका मानिसहरु गाऊमा फर्किएपछि वलात्कारका घटनामा पनि वृद्धि भएको रिपोर्टले देखाउंछ ।

२०६२ देखी पत्रकारिता सुरु गरेकी मन्दिरा एफएम रेडियो, साप्ताहिक र दैनिक पत्रपत्रिका हुदै विगत १० वर्षदेखि नेपाल टेलिभिजनसंग आवद्ध भएर सञ्चारकर्ममा क्रियाशिल छिन् । ग्रामिण विकासमा स्नाकोत्तर मन्दिराले यसअघि पत्रकारितामा क्रियाशिल भएवापत विभिन्न राष्ट्रियस्तरको पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् ।

इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ भने यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति 'कोटेश्वरको केटो' लाई प्रदान गर्ने प्रदान गर्ने घोषणा यसअघि नै सार्वजनिक भइसकेको छ ।

इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।

स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीका समयमा आर्थिक समस्या भोगिरहेका नेपालका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरेको थियो जसले समस्यामा परेका पत्रकारको आर्थिक संकट केही हदसम्म टार्न सहयोग पुगेको थियो ।