२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी झडपमा परी घाइते भएका छन् । दीपक बस्नेतको दाँत भाँचिएको छ । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको छ ।