१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

अमेरिकाको बोष्टनमा प्रेम कविता उत्सव– २०२१ सम्पन्न

अमेरिकाको बोष्टनमा प्रेम कविता उत्सव– २०२१ सम्पन्न
अ अ+ अ-

बोष्टन/अमेरिका । सिर्जना उत्सव बोस्टनले अमेरिकाको आइतबार साँझ अर्थात् नेपालको सोमबार बिहान प्रेम कविता उत्सव– २०२१ू आयोजना गरेको छ । प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त उत्सवमा ५० जना सर्जकले सिर्जना वाचन गरेका छन् । प्रेमको प्रतीक रातो रङको ड्रेसमा सजिएका सर्जकहरू माझ जूम प्रविधिको सहायताले गरिएको कार्यक्रमलाई ई नेप्लिज अनलाईनले प्रत्यक्ष प्रशारण  गरेको थियो । सहभागिको रातो ड्रेसले कम्पूटरको पर्दा नै धपक्क भएको अनुभूति हुने उक्त कार्यक्रम तीन घन्टासम्म चलेको थियो । कार्यक्रमको सुरुआत  साहित्यकार गीता खत्रीको प्रेम गीतबाट  भएको थियो भने अन्त्य कार्यक्रम संयोजन गोवर्ध्दन पूजाको प्रेम कविताबाट भएको थियो ।
सिर्जना उत्सव, बोस्टनका महेश्वर पन्तको प्राविधिक सहयोग, दीपा राई पुनको स्वागत र ममता कर्माचार्यको धन्यवाद ज्ञापनको औपचारिकता वाहेक मन्तव्य नरहेको उक्त कार्यक्रममा सहभागि एक भाग्यशाली कविलाई गोलाप्रथाद्वारा  पुरस्कारको पनि व्यवस्था गरिएको थियो । माउन्टेन खवर डटकम अनलाइन पत्रिकाका राम लामा अविनाशीद्वारा प्रायोजन गरिएको उक्त नगद एकसय एक अमेरिकी डलरको पुरस्कार कवि किशोर पहाडीले प्राप्त गरेका थिए ।


कार्यक्रममा गीता खत्री, गोविन्दसिह रावत, पदम विश्वकर्मा, आचार्य प्रभा, तीर्थ अधिकारी,  राजेन्द्र श्रेष्ठ,  पुरु सुवेदी, डा. मधु माधुर्य, शकुन्तला ज्ञवाली,  अपराजिता खुशी, हरिमाया अधिकारी, सीता अर्याल,  आनन्द श्रेष्ठ,  किशनसिह धामी, निर्मला राई, उर्मिला पन्त पाण्डे , मनु लोहोरुङ राई, कृष्ण गिरी, वसन्त श्रेष्ठ,  ममता कर्माचार्य, राम लामा अविनाशी, डा.ऋृषि बास्ताकोटी र किशोर पहाडीले सिर्जना वाचन गरेका थिए ।
यसैगरी महेश्वर पन्त, दीपा राई पुन, लक्ष्मी श्रेष्ठ , पवन लामिछाने,  निजानन्द मल्ल, सिर्जना शर्मा , हरिलाल शर्मा, गीता बजगाईं, डा.गोविन्द कोइराला,  मोहन निरौला, नारायण अधिकारी, राजेन्द्रप्रसाद अर्याल, उर्मिला निर्दोषी,  भरत पुरी, मोदनाथ सादा, वासुदेव घिमिरे, सर्वज्ञराज पौडेल, मंजिला अनिल, मधुकर अधिकारी,  पुष्पा अधिकारी गौतम, विमला निरौला , विश्वराज अधिकारी, भोजराज न्यौपाने , रश्मी रिमाल ,लालगोपाल सुवेदी, गोवर्ध्दन पूजा, लगायतले पनि रचना वाचन गरेका थिए । यो सिर्जना उत्सव बोष्टनको ६४औं शृङ्खला हो ।