२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा भित्र आपसी मतभेद, संयुक्त आन्दोलन ओझेलमै



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने रु’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।