७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभित्र एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात



अ+ अ-

काठमाडौं । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन। यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् ।

मुलुकमा भने भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात भइरहेको छ । प्रसारण लाइन नपुग्दा सिंगटी जलविद्युत आयोजनाले एक वर्षको अवधिमा ७० करोड रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्नु परेको छ । असारमै परीक्षण प्रशारण गरेको यो आयोजना सबैभन्दा नोक्सान बेहोर्नेमा देखिएको छ ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले समयमै प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा जलविद्युत् क्षेत्रमा लगानी गरेको निजी व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए ।नागरिक दैनिकमा समाचार छ ।