२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ । जो चाहीँ मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन । आज हामीले जन्म आफैँमा मान्छेको ठूलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाउँ भनेर हो । भैरवबहादुर थापा नेपालको जिउँदो सम्पदा हो, संस्कृतिविद् । उहाँलाई हामीले सम्मान पनि गरेका छौँ । मान्छेलाई प्रेरित गरोस् । जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रुपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।’

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि बताउनु भयो ।