४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

क्यान्सर सहयोग समूहद्वारा एकसय महिला र पुरुषलाई सम्मान

क्यान्सर सहयोग समूहद्वारा एकसय महिला र पुरुषलाई सम्मान
अ+ अ-

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराईराखेका र निको भइसकेकाको साथै उनीहरुको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि सयभन्दा बढी पुरुष र महिलाहरुलाई सम्मान गरिएको छ ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले उनीहरुलाई सम्मान गरेको हो ।

‘क्यान्सरको उपचार गराईराखेका र क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको ४५ औं भेटघाट’को कार्यक्रममा अस्पतालकी निर्देशक एवम् नपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले ती सबैलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन्।

यसरी सम्मानित हुने पुरुषहरुमा सो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठदेखि सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, आइटि विभाग प्रमुख डा. दिपक यात्री,नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, पत्रकार बलराम प्यासीलगायत नर्स र क्यान्सर सर्भाइभरहरु थिए ।

नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले नेपाल क्यान्सर अस्पतालसंग सहकार्य गर्दै विगत १३ वर्षदेखि विपन्न क्यान्सर विरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाईदिनुका साथै मुलुकका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लगेर नि:शुल्क क्यान्सर शिवीर र जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘क्यान्सररोग अरु रोगजस्तै समयमै उपचार गरे निको हुन्छ’ भनेर सन्देश दिन क्यान्सरको उपचार गराईराखेका र निको भईसकेकाहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक तीनपटक र्याम्प शो आयोजना गरिएको कार्यक्रम संयोजक उपाध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

कार्यक्रमका वक्ताहरुले महिलाको साथ पुरुष र पुरुषको साथ महिलालाई भएमा मात्रै घर/समाज र देश बन्ने कुरामा जोड दिए । उनीहरुले क्यान्सरका विरामीलाई समयमै उपचारमा ल्याउन क्यान्सरबारे देशव्यापीरुपमा जनचेतना फैलाउनुपर्ने बताउँदै महिलाहरुले आफ्नो स्वास्थ्यमा चासो राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, आइटि विभाग प्रमुख डा.दिपक यात्री, त्रिभुवन विश्वविद्यालयकी सहयाक डीन डा.सोनी बराललगायतले बोलेका थिए भने कविता गौतम, गोमा दवाडी, इन्दिरा प्रधानाङ्गलगायतले कविता वाचन तथा गीत र नृत्य प्रस्तुत गरेका थिए ।