• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

क्यान्सर सहयोग समूहद्वारा एकसय महिला र पुरुषलाई सम्मान



ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराईराखेका र निको भइसकेकाको साथै उनीहरुको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि सयभन्दा बढी पुरुष र महिलाहरुलाई सम्मान गरिएको छ ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले उनीहरुलाई सम्मान गरेको हो ।

‘क्यान्सरको उपचार गराईराखेका र क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको ४५ औं भेटघाट’को कार्यक्रममा अस्पतालकी निर्देशक एवम् नपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले ती सबैलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन्।

यसरी सम्मानित हुने पुरुषहरुमा सो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठदेखि सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, आइटि विभाग प्रमुख डा. दिपक यात्री,नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, पत्रकार बलराम प्यासीलगायत नर्स र क्यान्सर सर्भाइभरहरु थिए ।

नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले नेपाल क्यान्सर अस्पतालसंग सहकार्य गर्दै विगत १३ वर्षदेखि विपन्न क्यान्सर विरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाईदिनुका साथै मुलुकका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लगेर नि:शुल्क क्यान्सर शिवीर र जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘क्यान्सररोग अरु रोगजस्तै समयमै उपचार गरे निको हुन्छ’ भनेर सन्देश दिन क्यान्सरको उपचार गराईराखेका र निको भईसकेकाहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक तीनपटक र्याम्प शो आयोजना गरिएको कार्यक्रम संयोजक उपाध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

कार्यक्रमका वक्ताहरुले महिलाको साथ पुरुष र पुरुषको साथ महिलालाई भएमा मात्रै घर/समाज र देश बन्ने कुरामा जोड दिए । उनीहरुले क्यान्सरका विरामीलाई समयमै उपचारमा ल्याउन क्यान्सरबारे देशव्यापीरुपमा जनचेतना फैलाउनुपर्ने बताउँदै महिलाहरुले आफ्नो स्वास्थ्यमा चासो राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशांक शर्मा, आइटि विभाग प्रमुख डा.दिपक यात्री, त्रिभुवन विश्वविद्यालयकी सहयाक डीन डा.सोनी बराललगायतले बोलेका थिए भने कविता गौतम, गोमा दवाडी, इन्दिरा प्रधानाङ्गलगायतले कविता वाचन तथा गीत र नृत्य प्रस्तुत गरेका थिए ।