२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

एनआरएनए विश्वव्यापी टेलि–हेल्थ कार्यक्रमको आरम्भ

एनआरएनए विश्वव्यापी टेलि–हेल्थ कार्यक्रमको आरम्भ
अ अ+ अ-

काठमाडौं । एनआरएनए (गैरआवासीय नेपाली संघ) ले टेलि–हेल्थ कार्यक्रमको शुभारम्भ गरेको छ । एनआरएनए अन्तरगतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापीरुपमा  माघ ३० गते शुक्रबार (१२ फेब्रुअरी २०२१) देखि शुभारम्भ गरिएको हो। 

यस टेलि–हेल्थ सेवाबाट नेपाली मूलका विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने व्यक्तिले लाभ लिन सक्ने छन् । उक्त सेवा चाहेको समयमा अनलाइनमार्फत पनि स्वास्थ्य विज्ञहरुसँग परामर्श लिन सक्ने बताइएको छ । 

टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरुले मिर्गौला, कलेजो, मुटु,आँखा, नाक, कान, घााटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले समस्याको उचित परामर्श प्रदान गर्ने जनाएको छ ।

साथै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी) का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिनु भएको हुनुहुन्छ । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू सहभागी रहेका छन् । 

टेलिहेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?  
तपाईले आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्सएपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । 
साथै, तपाईले इमेल telehealth@nrna.org मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सक्नुहुनेछ ।

टेलिहेल्थ कार्यक्रम सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । यो नितान्त निशूल्क कार्यक्रम हो, जुन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको हो ।
 
के यो कार्यक्रमले विशेषज्ञ र परामर्शदाताहरुलाई सेवा शुल्क प्रदान गर्दछ ?
यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
 
टेलिहेल्थ कार्यक्रममार्फत कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ?
विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट तपाईले फोन (Viber, WhattsApp) वा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सक्नुहुनेछ । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ । उदाहरणहरु : जस्तै बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक  नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने, उनीहरुले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्ने छन् । 

उनीहरुले मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सक्छन । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरुको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्यांकन गर्ने छन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् ।

टेलिहेल्थ कार्यक्रमले के गर्दैन ?
यसले आपतकालीन स्वास्थ्य सेवाहरू प्रदान गर्दैन । टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईलाई आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । यदि तपाईलाई गम्भीर र आपतकालिन समस्या परे तपाईले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

कसरी बिरामीको जानकारी गोप्य राख्न कार्यक्रमले निश्चित गर्दछ ?
यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै  परामर्शहरू गोप्य राख्न सुनिश्चित गर्छ । डाक्टर र विशेषज्ञ बाहेक व्यक्तीको  स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहान्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ । 

डाँफे केयर के हो र यस टेलि–हेल्थ कार्यक्रममा यसको भूमिका के हो ?
डाँफे केयरले धेरै जसो नेपालमा, तर विदेशमा पनि धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ । स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयरसँग मिलेर काम गर्नेछ । नेपालीहरु मलेसियामा हुन् वा टर्कीमा, नाइजेरियामा हुन् वा कुवेतमा हाम्रा विशेषज्ञहरुले सबै जनालाई टेलिहेल्थ परामर्श दिनेछन्।