३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एक व्यक्तिले २ सय १७ पटक कोरोनाको खोप लगाएपछि…

एक व्यक्तिले २ सय १७ पटक कोरोनाको खोप लगाएपछि…
अ+ अ-

एजेन्सी । जर्मनीका एक ६२ वर्षीय पुरुषले आफूले २०० भन्दा बढी पटक कोभिड–१९ को खोप लगाएको दाबी गरेका छन् । यो सुनेर वैज्ञानिकहरु अचम्ममा परेका छन् र अहिले उनको रोग प्रतिरोधात्मक क्षमताको अनुसन्धान गरिरहेका छन् ।

ल्यान्सेट संक्रामक रोग जर्नलमा प्रकाशित एक अध्ययनले बारम्बार खोप लगाउँदाको प्रभावको जाँच गर्यो ।

यस अध्ययनमा संलग्न एक ६२ वर्षीय जर्मन पुरुषले आफूले २१७ पटक कोभिड–१९ को खोप लगाएको दाबी गरेका छन् । तर, यो संख्या अहिलेसम्म पुष्टि भएको छैन । धेरै पटक भ्याक्सिन लिएपछि पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढेको र शरीरमा एन्टिबडी उत्पादन भइरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

स्थानीय समाचारमा खबर सुनेपछि, म्युनिख, भियना र फ्रेडरिक-अलेक्जेन्डर-विश्वविद्यालय एर्लान्जेन-नुरेम्बर्गका अस्पतालका डाक्टरहरूले यस विषयमा जानकारी लिन प्रयास गरे । उनीहरुले उक्त व्यक्तिलाई सम्पर्क गरी अनुसन्धानका लागि बोलाए, जसमा उनी सहमत भए ।

प्रोफेसर किलियन स्कोबरले भने, ‘हामीले अखबारमा पढेर यी व्यक्तिको बारेमा थाहा पायौं । त्यसपछि हामीले उनलाई सम्पर्क गर्यौं र परीक्षणको शृङ्खलाका लागि एर्लान्जेनमा निम्तो दियौं । उनी यसमा धेरै चासो राखे ।’ डा. शोबर र उनका सहकर्मीहरू यस्ता बारम्बार खोपको नतिजा के होला भनेर जान्न चाहन्थे ।

खोपहरूमा सामान्यतया रोग उत्पन्न गर्ने जीवका भागहरू वा व्यक्तिको आफ्नै कोषहरूले बनाउन सक्ने संरचना समावेश हुन्छ । यी एन्टिजेन्सका कारण, शरीरको प्रतिरक्षा प्रणालीले वास्तविक रोग उत्पन्न गर्ने जीवलाई चिन्न सिक्छ । त्यसपछि यो रोगविरुद्ध छिटो र बलियो रुपमा लड्न सक्छ । तर के हुन्छ जब शरीरको प्रतिरक्षा प्रणाली बारम्बार एउटै एन्टिजनको सम्पर्कमा आउँछ ?