१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पार्वती रावललाई

नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पार्वती रावललाई
अ अ+ अ-

चितवन । नेकपा ओली समूहको चितवन जिल्लाको पार्टी अध्यक्षमा पार्वती रावललाई चयन गरेको छ । नेकपा ओली पक्षको जिल्ला कमिटी बैठकले आज रावललाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको हो । 

बुधबारको बैठकले नेता प्रकाश खनाल शैलेशलाई चितवन जिल्लाको पार्टी सचिवको जिम्मेवारी दिएको पनि सो समाचारमा जनाइएको छ ।

पार्वती रावल नेकपा एकीकरण भन्दा अघि तत्कालीन नेकपा एमालेको जिल्ला सचिव भएर काम गरिरहनुभएको थियो । उहाँ हाल राष्ट्रिय सभा सांसद पनि हुनुहुन्छ । त्यसैगरी सचिव बनेका खनाल पूर्व माओवादी एवम् हाल ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल समूहका नेता हुनुहुन्छ । 

त्यसैगरी नेकपाको चितवन जिल्लाको बैठकले जिल्लाको १० औं  जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी पनि गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ यही फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । 

उता सो बैठकले नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई भने जिम्मेवारीबाट हटाएको छ । सो कुराको जानकारी नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले दिनुभएको छ । परियारले पार्टीको नीति सिद्धान्त आदर्श र पार्टी एकता विरोधि गतिविधिमा संलग्न भएको आरोप लगाउँदै जिम्मेवारीबाट हटाइ पार्वती रावललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।