२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवलिङ्गमा जल र दूध किन चढाउने ?



अ+ अ-

काठमाडौँ । आज महाशिवरात्रि । यस दिन शिवको आराधना गर्नाले भक्तजनको सबै मनोकामना पूरा हुन्छ । शिवरात्रिमा उचित पूजा गर्न नसकेमा जल र दूध चढाएर सामान्य पूजा गर्न सकिन्छ ।

शिवलिङ्गको जलाभिषेकको महत्व धेरै छ । विशेषगरी भगवान शिवलाई पानी, दूध, दही, घिउ जस्ता शीतल वस्तु चढाउने चलन छ ।

अभिषेक गर्नु भनेको शिवलिङ्गमा जल चढाउनु हो । रुद्र भगवान शिवको नाम पनि हो, त्यसैले जलाभिषेकलाई रुद्राभिषेक पनि भनिन्छ ।

प्राचीन कालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्थे । समुन्द्र मन्थनमा कौस्तुभमणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्छश्रेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलहल नामको विष निस्कियो ।

हलहल विषका कारण संसारका सबै प्राणीको जीवन खतरामा परेको थियो । भगवान शिवले सबै जीवित प्राणीहरूलाई बचाउनको लागि यो विष पिउनुभयो । भगवान शिवले विषलाई आफ्नो घाँटीमा जान दिनुभएन, घाँटीमा विषको उपस्थितिका कारण भगवान शिवको घाँटी नीलो भयो । नीलो घाँटीका कारण भगवानको एउटा नाम नीलकण्ठ भयो ।

विषको कारणले भगवान शिवको शरीरमा जलन हुन थाल्यो यस जलनलाई शान्त पार्न भगवान शिवलाई चिसो पानी चढाइयो । भगवान शिवलाई शीतलता प्रदान गर्न शिवलिङ्गमा जल, दूध, दही, घिउ जस्ता शीतल पदार्थ चढाउने चलन सुरु भयो । शीतलताका लागि भगवान शिवले आफ्नो शिरमा चन्द्रमा धारण गर्नुभएको छ ।

जल र दूध चढाउँदा यी कुरामा ध्यान दिनुहोस्
ध्यान राख्नुहोस् कि सुन, चाँदी, पीतल वा तामाको भाँडोमा शिवलिंगलाई जल चढाउनुपर्छ । दूधको लागि चाँदीका भाँडाहरू प्रयोग गर्नु राम्रो हुन्छ । यदि तपाईंसँग चाँदीको भाँडो छैन भने, तपाईं माटोको भाँडोबाट जल र दूध चढाउन सक्नुहुन्छ । स्टिल, आल्मुनियम वा फलामका भाँडाहरू प्रयोग गर्नुहुँदैन । यी धातुहरूलाई पूजाका लागि शुभ मानिएको छैन ।

भाँडोमा पानी र दूध भरेर शिवलिङ्गमा पातलो धारा चढाउनुहोस् । जल र दूध चढाउँदा ओम नमः शिवाय मन्त्रको जप गरिरहनुपर्छ ।