२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपनबाट नाडाल विदा, ग्रिसेली चिचिपासले बाजी मारे



अ+ अ-

मेलबोर्नः यस वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा स्पेनी खेलाडी विश्व नम्बर २ राफेल नाडाल क्वार्टरफाइनलबाटै विदा भएका छन् ।

मेलबोर्नको रड लाभर एरेनामा बुधबार भएको खेलमा नाडाललाई ग्रिसेली खेलाडी स्टिफानोस चिचिपासले ३–२ सेटले पराजित गरे । पहिला दुई सेट ६–३, ६–२ ले सहजै जितेका नाडालले पाँच सेटको खेल सहजै जित्ने अनुमान गरिएको थियो ।

तर त्यसपछि नाडालले गरेका केही गल्तीको फाइदा उठाउँदै चिचिपासले तेस्रो सेट ७–६ ले जिते । त्यसपछि खेलमा उलटफेर भयो । चिचिपासले पछिल्ला दुई सेट लगातार ६–४ र ७–५ ले जित्न सफल भए ।

यो हारसँगै नाडालले विश्व ग्रान्डस्लामको संख्या २० बाट २१ बनाउने मौका गुमाएका छन् । रोजर फेडरर र नाडालले समान २०–२० ग्रान्डस्लाम बनाएका छन् ।

अब चिचिपासको सेमिफाइनलमा भिडन्त रुसी खेलाडी डानी मेडभेडेभसँग हुनेछ । उनले बुधबार नै भएको अर्को खेलमा अर्का रुसी खेलाडी आन्द्रे रुबलेभलाई सहजै ७–५, ६–३ र ६–२ को सेटमा पराजित गरेका थिए ।

यसअघि नै सेमिफाइनलमा पुगिसकेका नोभाक जोकोभिक र अस्लान कारात्सेभबीच पहिलो सेमिफाइनल खेल बिहीबार हुँदैछ । (एपी)