२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको हो ?



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले विभिन्न अड्कलबाजी र टिप्पणीहरु भइरहेका छन् । अहिलेको सरकार कति समय जान्छदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेकोसम्म चर्चा छन् ।

नेपाली राजनीतिक दलका नेताहरु आफू सत्ताबाट हटेको दिनदेखि नै फेरि कसरी पुग्ने भन्ने ध्याउन्नमा देखिन्छन् । जनताको एजेन्डाको पुरै बेवास्ता गर्दै सधैं सत्ता र शक्तिमा झुमिने बानी परेका नेताहरुलाई प्रतिपक्षी भूमिका बस्ने रहर नै लाग्दैन । त्यही कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य टुटाएर एमालेसँग काँध जोडेपछि कांग्रेसमा फेरि छटपटाहट सुरु भएको छ ।

कांग्रेसका केही नेताहरुले अहिलेको गठबन्धनलाई असफल पार्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको सामाजिक सञ्जालमा चर्चा आइरहेको छ । रास्वपाकै नेताहरुलाई स्रोतको रुपमा प्रयोग गरेर सञ्चारमाध्यमहरुमा पनि यो विषय सार्वजनिक हुँदैछ । के कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको अफर गरेको हो त ? यति हो भने किन भन्ने प्रश्न पनि सँगसँगै आउँछ । कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर अहिलेको गठबन्धनमा बहुमत पुग्न नदिने खेल नखेल्ला भन्न सकिँदैन । तर एउटा लामो इतिहास भएको लोकतान्त्रिक पार्टीले त्यति काँचो र कच्चा खेल कसरी खेल्ला भन्ने प्रश्न पनि छ ।

सामाजिक सञ्जालमा कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला चलेसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् । महामन्त्री शर्माले नयाँ गठबन्धनलाई संविधान रक्षा जनहितमा कार्य गर्न शुभकामना दिएका छन् ।

उनले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा आफूहरु रहेको पनि खुलाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र शोधिरहनु भएको छ– के काँग्रेसले फलानालाई प्रधानमन्त्रीअफर गरेको हो ? स्पष्ट गरौं– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन । जय नेपाल ।