२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सरकारमा रहेको नेपाली कांग्रेससहितको सत्ता साझेदार दलमा परिवर्तन भएपछि मन्त्रिपरिषद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सहभागिता भएको छ । प्रधानमन्त्री दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री नियुक्त गरी नयाँ मन्त्रिमण्डल निर्माण गर्नुभएको हो ।

विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न सो बैठक आह्वान गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।