५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफ क्लबलाई

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफ क्लबलाई
अ+ अ-

काठमाडौ । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा पनि शुक्रबार निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो ।
एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा रह्यो । निकै रोमाञ्चक बनेको पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले अनिता केसीको पासलाई सदुपयोग गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यपछि ८६औं मिनेटमा अनिता केसीले हेडरमार्फत टोलीका लागि दोस्रो गोल थप्दा इन्जुरी समयमा सरु लिम्बुले गोल थप्दै टोलीको जित निश्चित गरेकी हुन् । आर्मीका गोलकिपर अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् ।
जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अंक जोड्यो । लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो । उपाधिसंगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ उपविजेता आर्मीले ८ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।


महिला लिग अन्तर्गत शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई १०–० ले हराउँदै लिगमा सुखद अन्त्य गरेको छ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्दै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् । मिडफिल्डर सरुले लिगमा ६ गोल गरेकी थिइन् । यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन्