२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि एभरटनको जित



अ+ अ-

लन्डन । शनिबार एभरटनले मर्सिसाइड डर्बीमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई २–० ले हराएको छ । यो सन् १९९९ यता एनफिल्डमा प्राप्त एभरटनको पहिलो जित हो । यस्तै सन् २०१० यता डर्बी खेलमा एभरटनले लिभरपुललाई हराएको पनि यो पहिलोपल्ट हो ।

एभरटनको जितमा रिचार्लिसन र गेल्फी सिगार्डसनले एक–एक गोल गरे । यो नतिजापछि लिभरपुल र टोलीका व्यवस्थापक योर्गन क्लोप गम्भीर संकटमा परेका छन् ।

शनिबारकै अन्य खेलमा फुलहमले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै आफ्नो रेलिगेसनबाट बच्ने अभियानलाई कायम राख्न सफल भयो । यस्तै साउथ ह्याम्पटन र चेल्सीले १–१ तथा बर्नली र वेस्ट ब्रुमले गोलरहित बराबरी खेले ।