५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

स्टाफ कलेज निर्माणसंँगै टटेलटार फेरिने आशा

स्टाफ कलेज निर्माणसंँगै टटेलटार फेरिने आशा
अ+ अ-

बनेपा । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माणको प्रक्रिया अगाडि बढेसँगै यहाँका स्थानीय बासिन्दा विकासले मुहार फेर्नेमा आशावादी बनेका छन् ।  काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ टटेलटारमा स्टाफ कलेज निर्माणका क्रममा आफूहरुलाई आवश्यक व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेसँगै कलेज व्यवस्थापन पक्षले मागको सम्बोधन गर्ने जनाएपछि उनीहरु आशावादी बनेका हुन् ।

टटेलटारबासी एवं टटेलटार सरोकार समाजका अध्यक्ष ज्ञानेन्द्र देवकोटाले कलेज निर्माणपछि खुला रुपमा हिँडडुल गर्न पाउने क्षेत्र नहुँदा स्थानीय बासिन्दाले व्यहोर्नुपर्ने उकुसमुकुसलाई ध्यानमा राख्दै नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको कलेज व्यवस्थापनले थप भौतिक विकास गर्नुपर्ने बताउनुभयो ।

भौतिक विकासनिर्माणसँगै स्थानीय बासिन्दाले मानसिक रुपमा पनि आनन्द लिन पाउने वातावरण निर्माण गर्नुपर्ने सबै पक्षको दायित्व भएको जनाउँदै उहाँले सो वातावरण बनाउन आफूहरुले माग अगाडि सारेको बताउनुभयो । समाजले कलेज व्यवस्थापन पक्षलाई ६ बुँदे मागपत्र पेश गरेको छ । 

समाजले निर्माण चरणमा आवश्यक कामदार बनाउँदा स्थानीयवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने, तिनलाई खानेपानी उपलब्ध गराउनुपर्ने, कलेज सञ्चालनमा आएपछि संस्थाले दूध, मासु, तरकारी एवं स्थानीय उत्पादन खरीद गर्नुपर्ने, घरेडाँडाहुँदै टटेलटार जाने सडकको स्तरोन्नति गर्नुपर्ने, निर्माण सम्पन्नपछि आवश्यक कर्मचारी (करार) स्थानीयवासीबाट नै लिनुपर्ने र तिनले उपभोग गर्न पाउने गरी उद्यान निर्माण गर्नुपर्ने विषयमा कलेज व्यवस्थापन पक्षले सहमति जनाइसकेको बताइएको छ । 

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नमोबुद्धमा अन्तरराष्ट्रिय मापदण्डानुसारको स्टाफ कलेज निर्माण हुनु गौरवको विषय भएको जनाउँदै कलेज निर्माणपछि नगरमा थप पूर्वाधार निर्माण हुने अपेक्षा व्यक्त गर्नुभयो । 

नगरपालिकामा कलेज निर्माणसँगै युथ इनोभेशन सेन्टर, पाँचखाल र नमोबुद्ध नगरपालिकालाई समेटेर मदन भण्डारी विश्वविद्यालय निर्माणलगायत राष्ट्रिय गौरवका योजना निर्माणको काम अघि बढेकामा खुशी व्यक्त गर्नुभयो ।

वडाध्यक्ष सञ्जीव ढकालले छिटोभन्दा छिटो कलेज निर्माणको प्रक्रिया शुरु होस् भन्ने आफूहरुको चाहना रहेको तथा निर्माणको कामलाई आफूहरुले आवश्यक साथ र सहयोग दिन तयार रहेको बताउनुभयो ।

कलेज निर्माणका लागि सँगै अघि बढ्न नगरपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तयार रहेको १० नं वडाध्यक्ष रामकृष्ण अधिकारीले बताउनुभयो । कलेज निर्माणसम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि शुक्रबार व्यवस्थापन पक्षले सार्वजनिक सुनुवाइ गरेको थियो ।

सो क्रममा अध्ययन टोलीका संयोजक तेजकुमार श्रेष्ठले स्थानीय वस्तुस्थितिका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । मूल्यअभिवृद्धि करबाहेक करीब रु तीन अर्बको लागतमा निर्माण हुन लागेको अनुमान गरिएको सो कलेज २८.५ हेक्टर क्षेत्रफलमा फैलिएकामा ३.२ हेक्टरमा पूर्वाधार निर्माण हुने आयोजनाले जनाएको छ ।