१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

माधवलक्षित ओलीको टिप्पणी: प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद

माधवलक्षित ओलीको टिप्पणी: प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरुले तालि बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताउनु भयो । संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनि अध्यक्ष ओलीले प्रश्न समेत गर्नुभयो । उहाँले संविधान, कानून कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था बिरोधि अराजक गतिविधि बढिरहेको जिकिर समेत गर्नुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दोहोर्‍याउनु भयो । एमालेले, २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘सरकारको असफलताले गर्दा देश असफलतातिर जाँदैछ । राजनीति असफलतातिर जाँदैछ । अर्थतन्त्र असफलतातिर । समाज अराजकता, अनुसशासनहिनता आफ्नो सभ्यता, संस्कृति सबै बिर्संदै गएको उत्ताउलो, छाडा, अराजक भईरहेको छ । यस्तो अवस्थामा जनता कतै उत्साहित हुने ठाउँ नपाएर, मन अड्याउने ठाउँ नपाएर निराशामा छन । यस अवस्थाको फाईदा लिएर विभिन्न प्रकारका प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर केही सडकमै उपद्रव मच्याउन निस्केका छन । एकखालको परीक्षण गरिरहेका छन उनीहरु यतिबेला । कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरु । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरु हो हो भनेर टप्याटप्याट गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? तर यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन । यस खालको स्थिति छ । र, त्यसबाट प्रयोगात्मक ढंगले केही शक्तिहरु लोकतन्त्र विरुद्ध, लोकतान्त्रिक गणतन्त्रविरुद्ध केही शक्तिहरु यही मौका हो कि आयो कि पालो भनेर कस्सिएका छन । देशमा ग्रहण लागेको होला कहिले कहिले ।’

‘तर नेकपा एमाले छँदाछँदै यस देशको सार्वभौमसत्तालाई, स्वाधिनतालाई, स्वतन्त्रतालाई, भौगोलिक अखण्डतालाई कसैले पनि तलमाथि गर्न सक्नैछैन । किनभने यस देशमा नेकपा एमाले छ । यस देशको भविष्य कसैले पनि अन्धकार बनाउन सक्नेछैन । किनभने यस देशमा नेकपा एमाले छ । नेकपा एमाले अरु पार्टीजस्तै पार्टीका लागि पार्टी, चुनावदेखि चुनावसम्मका लागि पार्टी होइन । यो पुर्खाले लडेर बनाएको देश बचाउने अभिभारा, यसलाई सुदृढ बनाउने अभिभारा, यसलाई विकसित बनाउने अभिभारा, यसलाई शान्तिपूर्ण र सुशासनयुक्त देश बनाउने अभिभारा, नेपाललाई समृद्ध र न नेपाली जनतालाई सुखी बनाउने संकल्प बोकेर हिँडेको यो पार्र्टी । यो पार्टी पनि कसैले समाप्त पार्न सक्दैन । परारको सालमात्रै सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी, जो हामीले एकताका लागि जोडेका थियौं । त्यो जोडेकोलाई दुरुपयोग गरेर त्यो जोड्ने प्रमुख व्यक्ति मै थिएँ । मैले नै जोडेको थिए । त्यसस्थितिमा पार्टीलाई पुर्‍याउने अगुवाई मैले नै गरेको थिए । तर यसरी पार्टी कब्जा गरे एकछिनसम्म । मलाई नै सदस्यबाट निकालिदिए । अलिकति कारबाही हो र ? साधारण सदस्य समेत नरहने गरी । र, भविष्यमा पनि कम्युनिष्ट हुन नपाउने गरी । म त भविष्यमा पनि कम्युनिष्ट हुन नपाउने रे ।’

‘त्यसरी पार्टीबाट निश्काशन गरे, कब्जा गरे । तर पार्टी कब्जा हुँदैन्थ्यो, भएन । हुन सक्दैन्थ्यो, भएन । अब पार्टी सुदृढ यस ठाउँमा आएको छ । आम कार्यकर्ता र दोस्रो तहका नेता र कार्यकर्ताहरुले पार्टी बचाउनु भयो । त्यसकारण मैले अघि भनेको हुँ–पार्टी हामीले बचायौं । अब पुग्यो त ? अहिले पनि हाम्रा विरोधीहरु षड्यन्त्र गरिरहेका छन् । तिनका षड्यन्त्रका एउटा एउटा टुसा पलाउँदैछन् । त्यसैबेला ती टुसा भाँचिदिनुपर्छ । यस देशमा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको सरकार कुनै गठबन्धनको सरकार बन्न एमालेले दिँदैन । देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा । एमालेले एकल बहुमत ल्याउँछ । बहुमतको सरकार बनाउँछ २०८४ मा, यो लुकाउने कुरा छैन ।’

अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनैपनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी समेत गर्नु भयो । उहाँले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप समेत लगाउनु भयो ।