२१ मंसिर २०८२, आईतवार
,
Latest
साविक विजेता जनकपुर बन्यो सबैभन्दा पुछारको टिम केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पवन खतिवडामाथि कुटपिटको आरोपमा शर्मिला वाइबा पक्राउ



अ+ अ-

काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ ।

सामाजिक अभियन्ता बताउने वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिए ।

कलाकार खतिवडाले आफूलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर उनीे बसेको घरभित्रै गएर हातपात गरेका थिए । त्यसपछि पवनले पत्रकार सम्मेलन गरेका थिए ।

पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।