१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

प्रेस सङ्गठनले तोक्यो जिम्मेवारी, संयोजकमा महेश्वर दाहाल

प्रेस सङ्गठनले तोक्यो जिम्मेवारी, संयोजकमा महेश्वर दाहाल
अ अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो । सङ्गठनको संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन हुनु भएको छ । 

यस्तै महासचिवमा राजेश राईले जिम्मेवारी पाउँदा कार्यालय सदस्यहरूमा अमृतनाथ तिम्सिना, कमल गिरी, गङ्गा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउद, मनोज घर्तीमगर, मौसम रोकामगर, रामकुमार एलन, विवेक गौतम, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजङ्ग पाण्डे, हेमकर्ण विक हुनुहुन्छ । 

अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र  सहसंयोजकमा शिव ढुङ्गानालाई जिम्मेवारी दिइएको छ । लेखा आयोगमा  संयोजक भवानी कार्की र सहसंयोजकमा नरेन्द्र केसीलाई तोकिएको छ । त्यस्तै प्रदेश नं १ को इन्चार्जमा राजन केडी, सहइन्चार्जद्वयमा तीर्थ सिग्देल र स्मिता निरौला, संयोजक देवेन्द्र कार्की, सहसंयोजकत्रयमा  एक्सन राई, मुक्ति पौडेल र भीम राईले जिम्मेवारी पाउँदा सचिवमा सुजन तिम्सिना तोकिनुभएको छ । 

प्रदेश नं २ को इन्चार्जमा प्रकाश खतिवडा, सहइन्चार्जमा हीरालाल चौधरी, संयोजक किरण कर्ण, सहसंयोजकत्रयमा राघव शाह, विदुर खड्का र मदन ठाकुर, सचिवमा  व्रिजलाल पासवान हुनुहुन्छ ।

वाग्मती प्रदेशको इन्चार्जमा रामकुमार एलन, सहइन्चार्जहरूमा लक्ष्मण खड्का, शालिकराम नेपाल हुनुहुन्छ । यस्तै संयोजक सुनिल खड्का, सहसंयोजकत्रयमा रामकृष्ण थापा, नवीनकुमार खतिवडा र शान्ता अधिकारी तथा सचिवमा ध्रुव रायमाझीले जिम्मेवारी पाउनुभएको छ । 

गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम, सहइन्चार्जत्रयमा त्रिभुवन पौडेल, श्रीराम सिग्देल र माधव पनेरु हुनुहुन्छ । यस्तै संयोजकमा अर्जुन काफ्ले र सहसंयोजकद्वयमा उर्मिला कुँवर र दीपक जलन तोकिँदा सचिवको जिम्मेवारी गणेश पौडेललाई दिइएको छ । 

लुम्बिनी प्रदेशको इन्चार्जमा  विकास बन्जाडे, सहइन्चार्जद्वयमा सुशील पोखरेल, गोविन्द शर्माले जिम्मेवारी पाउँदा संयोजकमा  मानसिंह विक, सहसंयोजकत्रयमा रुद्रहरि कुँवर, वीरेन्द्र मिश्र र मेनका थापा चौधरी हुनुहुन्छ । सचिवमा भने नरेश केसीले जिम्मेवारी पाउनुभएको छ । 

कर्णाली प्रदेशको इन्चार्जमा जीवन बिसी, सहइन्चार्जमा गोविन्ददेव भारती र देवीराम देवकोटा, संयोजकमा प्रतीक इच्छुक शर्मा, सहसंयोजकत्रयमा रमेश एैडी, गणेशकञ्चन भारती र सुरजकुमार सिंह हुनुहुन्छ भने सचिवमा दीपक बुढा चयन हुनुभएको छ । 

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा रामसिंह ठगुन्ना, सहइन्चार्ज धर्मराज पाध्याय, संयोजक नवराज भण्डारी, सहसंयोजकद्वयमा  मीनेन्द्र शाही र लीलाजङ्ग शाही तथा सचिवमा स्रमाट सिंहलाई तोकिएको महासचिव राजेश राईले जानकारी दिनुभयो । 

उपत्यका प्रदेशको इन्चार्जमा सुरोजङ्ग पाण्डे, सहइन्चार्जमा उपेश मर्हजन, संयोजकमा नवराज दाहाल, सहसंयोजकद्वयमा उज्ज्वल पहाडी र सागर न्यौपाने, सचिवमा सविन शर्माले जिम्मेवारी पाउनुभएको छ । 

त्यस्तै प्रतिष्ठान प्रदेशको इन्चार्जमा विदुर खड्का सहइन्चार्जद्वयमा तेजप्रसाद वाग्ले र बुद्ध लोप्चन, संयोजक वीरेन्द्र ओली सहसंयोजकत्रयमा  रघुनाथ बजगाईं, खेम बम र रामकुमार शाही तथा सचिवमा  कृपा भण्डारीलाई तोकिएको छ । 

एसोसिएट प्रदेशतर्फ इन्चार्जमा ध्रुव लम्साल, सहइन्चार्जद्वयमा केशवराज खनाल र बबिन शर्मा, संयोजक डब्बु क्षेत्री, सहसंयोजक नरेश न्यौपाने र सचिवमा  रोयल आचार्यलाई तोकिएको छ । 

सङ्गठनले संविधान विपरीत प्रतिनिधिसभाको विघटन गरिएको भन्दै आफ्नोतर्फबाट निरन्तर खबरदारी गर्नेसमेत जनाएको छ । यस्तै श्रमजीवी पत्रकारको हितका खातिर सङ्गठनले विभिन्न कार्यक्रम गर्नेसमेत जनाएको छ । यता सल्लाह बिना  एसोसिएट प्रदेशतर्फका सहइन्चार्जको जिम्मेबारी तोकिएको भन्दै बबिन शर्मा जिम्मेवारी अस्वीकार गर्नुभएको छ ।