१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

शिरमा देश र मनमा मधेशलाई राखेर काम गर्छु –प्रदेश प्रमुख झा

शिरमा देश र मनमा मधेशलाई राखेर काम गर्छु –प्रदेश प्रमुख  झा
अ अ+ अ-

जनकपुर । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आईतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताउनुभयो ।

उहाँले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकामा खुशी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताउनुभयो ।

प्रदेशप्रमुख झाले यस प्रदेश र प्रदेशवासीको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा अग्रसर रहने बताउनुभयो ।
 उहाँले देशसहित समृद्ध प्रदेश निर्माणका लागि आवश्यक पर्ने तत्वहरू सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।