६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार प्रमुख राईले भने – ७० करोड टेपकाण्डको छानबिन भइरहेको छ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रकरणको छानबिन भइरहेको जानकारी दिँदै बलियो प्रमाणबिना कसैकाविरुद्ध मुद्दा लैजान नमिल्ने बताए ।

‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो । हामीले छानबिन गरिरहेको छौँ ।प्रमाणबिना कसैलाई पक्राउ गर्ने कुरा हुँदैन । राईले भने ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन माग्दै कुरा गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।