२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा



अ+ अ-

काठमाडौं ।दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गर्नुभएको हो ।

सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताउनुभयो । उहाँले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दा बधाई पनि दिनुभयो ।

केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्याइएको जानकारी दिंदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताउनुभयो ।
दश वटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमललाई निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकर फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिनुभयो । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो । यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्दै उहाँले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताउनुभयो ।

तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि शुरु गर्ने तयारी थालिएको जानकारी दिंदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी दिनुभयो ।