२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भलिबल संघ र केल्मीबीच प्रायोजन सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । 

संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ । 

सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।