१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ



अ+ अ-

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनु भयो । सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो ।

देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताउनुभयो । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताउनुभयो ।