१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

ताजा जनादेशको लागि निर्वाचन घोषणा स्वाभाविक: नेमकिपा

ताजा जनादेशको लागि निर्वाचन  घोषणा स्वाभाविक: नेमकिपा
अ अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नेकपा भित्रको भागवण्डाको विवादको कारण प्रतिनिधिसभा विघटन भई ताजा जनादेशको लागि निर्वाचन मिति घोषणा स्वभाविक भएको ठहर गरेको छ  । नेमकिपाको ३१ औ परिषदको बैठकले चुनावमा वैचारिक सङ्घर्ष मुख्य हुने उल्लेख  गरेको छ  ।

केन्द्रीय परिषद पार्टी अध्यक्ष नारायणमान विजुक्छे (रोहित) को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभाको निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरीतका कानुनी प्रावधान खारेज गराउन जिल्ला जिल्लामा विरोध अभियान जारी राख्ने निर्णय गरेको छ ।

  फागुन ८, ९ र १० गते भक्तपुरमा भएको पार्टी केन्द्रीय परिषदले केन्द्रीय समितिको प्रतिवेदन र राष्ट्रिय एवम् अन्तराष्ट्रिय प्रस्ताव पारित गरेको सचिब   प्रेम सुवालले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ । परिषदले पार्टी समिति र जनवर्गीय एवम् पेशागत समाजको सङ्गठनमा पार्टी प्रकाशनको अध्ययन, अन्तरक्रिया र प्रदर्शनीलाई चालू राख्ने निर्णय समेत गरेको छ  । एमाले र माओवादीजस्ता कम्युनिष्ट दावी गर्नेहरु  पुजीवाद र सामन्तवादको पृष्ठपोषक भएको ठहर समेत नेमकिपाले  गरेको छ ।

पार्टी केन्द्रीय समितिको प्रतिवेदनमा भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गरी भारतको नक्सामा गाभेको विरोधमा भारतीय दूतावासमार्फत विरोधपत्र दिएको र नेपाली भूमि गुन्जीदेखि लिपुभन्ज्याङ्ग सम्म सडक बनाएकोमा पनि बिरोध जनाएको छ ।