२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित



अ+ अ-

मिलान । सोमबार इटालीको सिरी ‘ए’ मा पुछारको क्रोटोनलाई युभेन्टसले ३–० ले हराएको छ । क्रिस्टियानो रोनाल्डोले हेडबाट गरेको दुई गोलमा युभेन्टसले जित निकालेको हो । जितपछि युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी आठ अंकमा कायम राख्यो ।

यस्तै टिम अंकतालिकाको तेस्रो स्थानमा पनि उक्लिन सफल भएको छ । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याककेनीले गरे । रोनाल्डो यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा पनि पुगेका छन् ।

उनले १८ गोल गरेका छन् । यससँगै उनले इन्टरका रोमेलु लुकाकुलाई उछिनेका छन् । इन्टर ५३ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसको ४५ अंक भएको छ । क्रोटोन १२ अंकसाथ अन्तिम स्थानमा छ ।