१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने

राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने
file photo
अ अ+ अ-

काठमाडौँ । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गर्नुभयो । उहाँले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो । उहाँले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताउनु भयो । उहाँले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताउनु भयो ।

उहाँले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताउनु भयो । उहाँले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताउनु भयो । अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । उहाँले मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दु:खमा साथ दिने भएको बताउनु भयो । अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गर्नुभयो । उहाँले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या हो । यो समस्यामा सरकार स्वयम अग्रसर भएर सम्बोधन गरोस् भन्ने हाम्रो चाहना थियो । तर सरकार आँखा भएर पनि आँखा नदेख्ने, कान भएर पनि कान नसुन्ने अवस्थामा पुगेको छ । मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारले सुन्ला जस्तो नदेखिएपछि साथ दिन राप्रपा आएको छ । अरु पार्टी के गर्छन् थाहा छैन । राप्रपा तपाईहरुको साथमा छ । यहाँ राप्रपा राजनीति गर्न आयो भन्लान् तर हामीलाई राजनीति गर्नुछैन । हाम्रो राजनीति भनेको आम जनताको सुख दु:खमा साथ दिने हो । भोलिबाट नै हाम्रो साथ तपाईहरुलाई छ । संसद रोक्न परे पनि संसद रोक्छौं । जनता रोएर सडकमा हिँड्नु परेको छ भने संसदमा सांसदहरुको भाषणको लागि किन चाहियो । सरकारलाई भन्न चाहन्छु । गरिव जनताको मुक्तीको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई भन्न चाहन्छु । ढिलो नगर्नुस् । भोलिको संसद शुरु हुनुभन्दा अगाडि आन्दोलनका मागलाई सम्बोधन गर्नुस् । नत्र राप्रपा पार्टीले संसदमा पनि प्रदर्शन गर्छ । मिटरब्याजी पीडितसँग सडकमा पनिसँगै रहन्छ । मिटरब्याजीमो मात्रै कुरा होइन । गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याया प्रणाली कहाँ छ भन्ने तस्बिर हो ।’

उहाँले गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणालीबारे प्रश्न गर्नुभयो ।