३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियन बेनटेकले अन्तिम क्षणमा गरेको गोलमा प्यालेसको जित



अ+ अ-

लन्डन । इङ्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । क्रिस्टियन बेनटेकले खेल सकिनु केही अगाडि मात्र गरेको गोलमा क्रिस्टल प्यालेसले जित आफ्नो तर्फ पार्न सफल रहेको हो । घरेलु मैदानमा अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेर पनि ब्राइटन पराजित भएको हो ।

जियान फिलिपको गोलमा प्यालेसले अग्रता लिएपछि ब्राइटनका लागि जोएल भाल्टमनले बराबरी गोल फर्काए ।

तर बेनटेकले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे । यो जितपछि प्यालेस ३२ अंकसहित १३औं स्थानमा उक्लेको छ । ब्राइटन भने २६ अंकसाथ १६औं स्थानमा छ ।