१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्: प्रवक्ता सापकोटा

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्: प्रवक्ता सापकोटा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो दाबी गर्नुभएको हो । प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनु भयो । प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म के भन्छु भने धेरै ठूलो कुर्वानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि त्यस्तै गरेर समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ । यो धेरै ठूलो कुरो छ । धेरै महत्वपूर्ण कुरा छ । यो नेपाल राष्ट्रका लागि मात्रै नभईकन विश्वकै लागि एउटा मोडेल छ । यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन । मलाई के लाग्छ र म तपाईहरु स्पष्ट रुपमा भन्न चाहन्छु कि यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन । निरन्तर निरन्तर अगाडि बढिरहन्छ । र नेपाली जनताले त्यो चाहेका पनि छैनन् । र त्यो दिशामा हामीले गर्दै पनि आएका छौं ।’

‘तपाईहरुकै सहयोगले भनौन–ठूलाठूला प्रतिगमनका हर्कतहरु पराजित हुँदै आएका छन् । अब पनि मलाई के लाग्छ भने नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन । नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् । अझ स्पष्ट शब्दमा भन्दाखेरी सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो । त्यहीअनुसार सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु एक ठाउँमा आउनु पर्छ भन्ने मलाई लाग्छ । तपाईको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरुसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरुसित सहकार्य र वृहत वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो । ’

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताउनु भयो ।