१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

‘रङ्गेली’मा ‘विजय’ बनेका दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’

‘रङ्गेली’मा ‘विजय’ बनेका दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’
अ अ+ अ-

काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् ।

‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । चलचित्रमा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ,’ दयाहाङ भन्छन् ।

दयाहाङ ‘रङ्गेली’लाई सूक्ष्म तरिकाले हेरिरहँदा भोलिका दिनमा हरेक मान्छेसँग कुराकानी गर्दा ‘विजय’जस्तो मान्छे बाहिर निस्किन्छ कि भन्नेमा ढुक्क छन् । ‘विजय’ जस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेली मा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ,’ दयाहाङले भने ।

दयाहाङका अनुसार ‘रङ्गेली’मा दर्शकले उनको चरित्रको यात्रालाई बाल्यकालदेखि आजको दिनसम्म अर्थात् चलचित्रको कथा सकिन्जेलसम्म हेर्न पाउँछन् । ‘मेरो चरित्र हेरिरहँदा दर्शकले हाम्रो समाजमा देखिरहेका पात्रहरू अथवा यही जीवन बाँचिरहेका, जसले आफूलाई सहज गर्न सकेका छैनन् जस्तालाई चित्रण गर्नेछन् । जस्तो कि मेरो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन । किन छैन भन्ने चलचित्र हेरेर थाहा पाउनुहुनेछ । ऊ आफूलाई नै कहीँ कतै खोजिरहेको छ । आफू स्थापित हुन अथवा सहज जीवन बाँच्न कोसिस गरिरहेको हुन्छ,’ दयाहाङ आफ्नो चरित्रबारे भन्छन् ।

दयाहाङको बुझाइमा ‘विजय’ चरित्र भित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ दयाहाङ भन्छन् ।

दयाहाङका लागि ‘रङ्गेली’को विजय चरित्र आफैँमा चाख लाग्दो चरित्र पनि रहेछ । ‘विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हीन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिए’, उनी भन्छन् ।

दयाहाङ विजयको चरित्र भित्र इमानदारिता देख्छन् । ‘ऊ आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ’, उनी भन्छन् ।

दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ुइग्नोरु गर्ने गरेको उनको बुझाई छ । ‘हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडी दौडिरहँदा कहिँकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ’, दयाहाङ भन्छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।