१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितको खुसी मनाउँदै गर्दा खेलाडीको हृदयघातबाट मृत्यु



अ+ अ-

एजेन्सी । भारतको बेंगलुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसलाको ३४ वर्षको उमेरमा निधन भएको छ । यो घटना बिहीबारको हो ।

एजिस साउथ जोन प्रतियोगिता अन्तर्गत बिहीबार बेंगलुरुको आरएसआई ग्राउन्डमा तमिलनाडु र कर्नाटकबीच खेल भएको थियो । यो खेलमा कर्नाटकको टोली विजयी भएको थियो । त्यसलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसला मैदानमै बेहोस भए । मैदानमा रहेका मेडिकल टोलीले तत्काल आकस्मिक उपचार गरिएको थियो, तर होयसलाको शरीरले प्रतिक्रिया गर्न छोडेको थियो ।

त्यसपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट बोरिङ अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले होयसलालाई मृत घोषणा गरेका थिए । मृत्युको कारण हृदयघात भएको चिकित्सकहरुले बताएका छन् । होयसलाको आकस्मिक निधनको खबरले दुवै टोलीका खेलाडीमा शोकको लहर छायो ।