११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण



अ+ अ-

देहरादुन । भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो । 

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकाहरुलाई परीक्षण अनिवार्य गरिएको अधिकारीहरुले जनाएका छन् । “उल्लेखित प्रदेशहरुमा कोरोनाभाइरसको महामारी अझै न्युन भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आएपनि उनीहरुलाई कोरोना परीक्षण गराउन निर्देशन छ,” निर्देशनमा उल्लेख गरिएको छ । विभिन्न प्रदेशहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो । 

भारतमा मंगलबार विहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । ती मध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा रहेका छन् । त्यसैगरी कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस