५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३.५ ओभरमा अलआउट हुँदै १७९ रनमात्र जोड्यो । उसका लागि नोहा क्रोइस ४६ रनमा अविजित रहँदा म्याक्स ओ’डोडले ४१, बास डि लिडेले २४, सारिज अहमदले १९, तेजा निदामानुरुले १४ रन जोडे ।

बलिङतर्फ नामिबियाका जेरहार्ड इरासमस र जान फ्रिलिंकले ३–३ विकेट लिँदा बेर्नार्ड स्कोल्जले २ तथा ज्यान निकोल लोफ्टी–इटन र रुवेन ट्रम्पेलमानले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन जोड्यो ।

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन् । त्यस्तै मलान क्रुगरले ३९ रन जोडे । जान फ्रिलिंकले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमसले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे ।

नेदरल्यान्ड्स लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुई/दुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एक/एक विकेट लिए ।

जितसँगै नामिबियाले यसअघिको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । यसअघि नेपालविरुद्ध दुबै खेलमा जित निकालेको नामिबिया शीर्षस्थानमा यथावत छ । जारी सिरिजमा अब नेदरल्यान्ड्स र नेपालबीच आइतबार अन्तिम खेल हुँदैछ ।