२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनको मृत्यु



अ+ अ-

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ ।

आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लरी गाडी दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ६० वर्षीया ज्योती अधिकारीकी ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो । ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज (शुक्रबार) बिहान करिब ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लरी दुर्घटना भएको थियो । उक्त लरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो ।