१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग



अ+ अ-

काठमााडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लाग्नुभएको छ । उहाँ अभियानको संयोजकसमेत रहनुभएको छ । 

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये  पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहनुभएको छ । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहनुभएको छ ।